हाम्रो बारेमा

स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने साथै भाग ३ को मौलिक हकअन्तर्गत स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने व्यवस्था भएको र चौधौँ योजनाको उच्च शिक्षाको उद्देश्य अन्तर्गत ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अनुरुप प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिवासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय भएको हो । २०७३/०७४ को बजेट वक्तव्यको प्रकरण नं. २२४ मा ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अनुरूप प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिवास, लुम्बिनी प्रदेशको बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको छ । उक्त बजेट प्रकरणको कार्यान्वयनको लागि बर्दिवासमा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको मिति २०७६/०१/१८ मा माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलज्यूबाट समुद्घाटन कार्य भई आयोजनाले विधिवत रूपमा कार्य प्रारम्भ गरेको छ । हाल यो आयोजनाको कार्यालय बर्दिवास नगरपालिका वडा नं. १ मा स्थित छ ।

कार्य